ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतमा कोरोना संक्रमितको संख्या गुणतमक रुपमा वृद्धि

एजेन्सी,असार ७ l भारतमा पछिल्लो २० दिनमा कोरोना संक्रमितको संख्या पाँच गुणाले बढेको छ।भारतीय स्वास्थ्य विभागका अनुसार जुन १ मा ३ हजार ९ सय १७ संक्रमित फेला परेकोमा भारतमा ५ जुनमा ४ हजार ३ सय ६२, जुन १० मा ८ हजार ३ सय १८, जुन १५ मा १२ हजार १ सय ५४ र १९ जुनमा १२ हजार २ सय १८ जना संक्रमित पुष्टि भएका छन्।

पछिल्लो ५ दिनमा लगातार १२ हजार बढी नयाँ संक्रमित फेला परेका छन्।
पछिल्लो चौबीस घन्टामा ९ हजार ८ सय ७५ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन्।यस्तै ७ हजार २ सय ५४ संक्रमित निको भएका छन् भने १७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।सबैभन्दा बढी सोमबार केरलामा २ हजार ७ सय ८६ संक्रमित भेटिएका छन्। यो सँगै केरलामा संक्रिय संक्रमितको संख्या २२ हजार २ सय ७८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *