नेपाल र हङकङ भिड्दै

काठमाडौ, असार ७ । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले मंगलबार हङकङसँग खेल्ने भएको छ । खेल बिहान १२: ०० बजे सुरु हुने छ । हङ्कङसँग यस अघि नै दुई खेल खेलिसकेको नेपालले एक जीत र एक हार व्यहोरेको थियो ।
यस अघि नै समिफाइनलमा पुगिसकेको नेपालले ३ खेलमा ६ अंक जोडेको छ । समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।