५ देखि १२ बर्ष उमेर समुहका बालबालिकालाई दिने फाइजर खोप आइतबार नेपाल आइपुग्ने

काठमाडौ,असार ३ l ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दिन कोभिडविरुद्धको खोप फाइजर २२ लाख डोज आगामी आइतबार नेपाल भित्रने भएको छ।कोभ्याक्स सुविधा मार्फत अमेरिकी सरकारले पठाउने सो खोप आगामी असार ९ देखि देशका २७ जिल्लामा सुरु हुने खोप अभियानका लागि पठाईनेछ।
स्वास्थ्य मन्त्रालयले यसअघि नै ९ देखि १५ असारसम्म २७ जिल्लाका बालबालिकाहरुलाई पहिलो मात्रा खोप दिने योजना सार्वजनिक गरिसकेको छ।सोही समूहलाई साउन २ देखि ५ गतेसम्म दोस्रो मात्रा खोप अभियान संचालन हुने बताइएको छ।यस्तै दोस्रो चरणमा बाँकी ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको लागि खोप अभियान संचालन हुनेछ।
यो उमेर समूहबा बालबालिकालाई ०.२ एमएल दिईने यो खोप बालबालिकाहरुलाई विद्यालयमै गएर दिईन्छ।कुल ३९ लाख बालबालिकालाई दुई चरणको लागि करीब ८४ लाख डोज खोप सरकारले निशुल्क प्राप्त गरेको हो।