ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अमेरिकासंग नेपाल ३९ रनले पराजित

काठमाडौं असार २ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले  पराजित भएको छ ।

अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६ रन मात्र बनाउदाँ पराजय भोग्न पर्यो ।

नेपालका लागि आरिफ शेखले ६३ रनको अर्धशतकीय इनिङ खेले भने सोमपाल कामीले ४७ रन देव खनालले ३४ , आसिफ शेख १८, रोहित पौडेल १६ र कुशल भुर्तेल १० रन जोडे । त्यस्तै  दिपेन्द्र सिंह ऐरीले ७, आदील अन्सारीले ४,करण केसीले १ र कप्तान सन्दीप लामिछाने सुन्य रन आउट भए । अमेरिकाका अलि खान र सौरभ नेत्राभाल्करले ३/३ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रन जोडेको थियो । अमेरिकाका दुई जनाले अर्धशतकीय इनिङ खेले गजानन्द सिंहले ५८ र सुशान्त मोदानीले ५४ रनको जोडे  ।

त्यस्तै आरोन जोन्सले ४३ रन जोड्दा सैटिजा मुक्कामल्लले ३६ रन बनाए ।निसर्ग पटेल १८ रन अविजित रहदा क्यामरुन स्टेभेनसन १६ रनमा अविजित रहे । नेपालका करण केसीले ३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *