हराएको भनिएको २४ लाख खोपबारे संसदमा जानकारी गराउन सरकारसँग सांसदहरुले माग

काठमाडौ,जेठ २९ l हराएको भनिएको २४ लाख डोज कोरोना विरुद्धको खोपको जानकार गराउन सदनमा सांसदले माग गरेका छन्।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद तथा पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका सांसद खगराज अधिकारीले २४ लाख डोज कोरोना विरुद्धको खोप सरकारले कमिशन लिएको कारण हराएको भन्दै संसदमा यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका हुन्।
आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिदाँ उनले खोपबारे आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराएको भन्दै असन्तुष्टि व्यक्त गरे।
आफू स्वास्थ्यमन्त्री भएकै बेला एचआईभी एड्सदेखि क्यान्सरसम्मका १ सय ३९ वटा औंषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गर्दै सांसद अधिकारीले त्यसबारे अरु थप भ्रम नछर्न पनि सरकारलाई चेतावनी दिएका छन्।
भने गत वर्षको भन्दा स्वास्थ्य क्षेत्रमा सरकारले २२ प्रतिशत भन्दाबढि बजेट घटाएको भन्दै आक्रोश समेत व्यक्त गरेका छन्।