आज देखि १२ देखि १७ बर्षका बालबालिकालाई बुस्टर डोज दिदै
काठमाडौ,जेठ २७ l सरकारले पुस ४ गतेदेखि १४ गतेसम्म जिल्ला शिक्षा कार्यालय र विद्यालयहरुसँग समन्वय गरेर १२ देखि १७ बर्षका बालबालिकालाई खोप दिईएको थियो।
भने दोश्रो मात्रा खोप माघ २ देखि १२ गतेसम्म दोश्रोमात्रा खोप दिएको थियो।उक्त अभियानमा करिब १८ लाख बालबालिकालाई समावेश गराईएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो।सरकारले आजबाट १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिदै छ।
यसअघि कोरोनाविरुद्धको दुई मात्रा खोप लगाएर तीन महिना पूरा गरेका बालबालिकालाई आजदेखि बुस्टर मात्रा दिने निर्णय गरेको छ।तर बुस्टर डोज लगाउदा मोर्डना तथा फाइजर जुन लगाए पनि हुने भनिएको छ।
यसअघि,सरकारले १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगी लगायत अन्य बालबालिकालाई फाइजर मोडर्ना खोप दिइसकेको छ।यस्तै सरकारले असार ९ गतेबाट ५ देखि ११ वर्ष उमेर समुहका बालबालिकालाई पनि कोरोनाविरुद्धको फाइजर खोप दिदै छ।