आईसीसी यू नाइन्टिन महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको दोस्रो जित

काठमाडौं जेठ २३ । आईसीसी यू नाइन्टिन महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले भूटानलाई हराउदैं दोस्रो जित निकालेको छ ।
नेपालले आफ्नो तेस्रो खेलमा आज भुटानलाई ४ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो ।भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।नेपालको जितमा सानु राजवंशीले अविजित रहदै सर्वाधिक ३० रनको योगदान गरिन् ।
साना प्रविनले १२ रन जोड्दा आश्मा पुलामी मगर ३ तथा किरण कुमारी कुँवर २ रनमा आउट भईन् । भुटानका सांगे वाङ्मोले ३ तथा अन्जुली घली र सोनमले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो ।भुटानका लागि कप्तान एन्गावाङ छोडेन र सांगे वाङ्मोले समान ११ रन बनाईन् । पेमा याङ्चेनले ९ तथा छाडो ओमले ६ रन जोडिन । नेपालकी कृतिका मरासिनी, अनु कडायत र मनिषा कुमारी उपाध्यायले २/२ विकेट लिए ।
जितसँगै नेपालले ३ खेलमा ४ अंक जोडेको छ ।नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ