ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

खराव मौसममा विमान उडाउन नपाउन र हेलिकप्टरमा दुई जना पाइलट राख्नु पर्ने प्राधिकरणको नियम

काठमाडौं जेठ १७ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा समेत अब दुई जना पाइलट रहनु पर्ने निर्णय गरेको छ  । अहिले हेलिकप्टरमा एक जना पाइलट रहेर उनले यात्रु बोक्ने गरी सञ्चालन भइरहेको छ । अब भने साना हेलिकप्टरमा समेत दुई जना पाइलट अनिवार्य राख्नु पर्ने निर्णय निगमले गरेको छ ।

नेपालमा अहिले हवाईजहाज र एमआई१७ मोडलका ठूला हेलिकप्टरमा मात्र दुई पाइलट अनिवार्य गरिएको थियो । अब भने साना हेलिकप्टरमा समेत दुई पाइलट अनिवार्य गरिएको हो ।

त्यस्तै प्राधिकरणले खराव मौसममा विमान सञ्चालन नगर्ने निर्णय गरेको छ । उड्ने र बस्ने दुवै स्थानको मौसम राम्रो भएमा मात्र उडान अनुमती दिने निर्णय भएको प्राधिकरणको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *