ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जुलाईमा हुने नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौं जेठ १७ ।  आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले स्कटल्याण्डमा खेल्ने नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।

आगामी जुलाईमा हुने खेलमा नेपाले पहिलो खेल नामिबियाविरुद्ध जुलाई ११ मा खेल्नेछ ।

यस्तै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।

लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको नेपालले १२ खेल खेल्दा  ६ जित र ६ खेलमा हार व्यहोरेको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *