ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गोकर्णेश्वरको कार्यपालिका निर्वाचन शुक्रबार

काठमाडौ,जेठ १२ l गोकर्णेश्वर नगरपालिकाको कार्यपालिकाको निर्वाचन जेठ १३ गते शुक्रबार हुने भएको छ।नगर कार्यपालिकाको निर्वाचनका लागि दुई दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिए।निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा (एमाले) ले उम्मेदवारी दर्ता गराएको छ।

कार्यपालिकामा महिला सदस्य पाँच र दलित तथा अल्पसङ्ख्यक तीन पदका लागि निर्वाचन गर्न लागिएको हो।कार्यपालिका निर्वाचनका लागि ४७ जना मतदाता छन्।कार्यपालिका निर्वाचनका लागि निर्वाचित नगर प्रमुख, उपप्रमुख,वडाध्यक्ष र वडासदस्य मतदाता रहने व्यवस्था छ।

महिला सदस्य निर्वाचित नगरसभा सदस्यबाट उम्मेदवारी दिने व्यवस्था छ। दलित तथा अल्पसङ्ख्यकको उम्मेदवारी भने नगरसभा सदस्य बाहिरका नगर क्षेत्रका मतदाताबाट दिनुपर्छ।नगर कार्यपालिकामा नगर प्रमुख र उपप्रमुख,नौवटै वडाका अध्यक्ष रहने व्यवस्था छ।

गोकर्णेश्वर नगर प्रमुख काँग्रेस र उपप्रमुख एमालेले जितेको छ।पाँच वडाध्यक्ष एमाले,तीन वडाध्यक्ष काँग्रेस र एक वडाध्यक्ष स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन्।गोकर्णेश्वरका निर्वाचित जनप्रतिनिधिले शपथ लिएर कार्यभार सम्हालिसकेका छन्।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *