राहदानी विभागबाट आइतबार पनि सेवा प्रवाह हुने

काठमाडौं,जेठ १२। राहदानी विभागबाट आइतबार पनि सेवा प्रवाह हुने भएको छ।
विभागले सूचना जारी गर्दै विद्युतीय राहदानी सहज रुपमा उपलव्ध गराउने नेपाल सरकारको नीति रहेको र राहदानी विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढीरहेकोले सार्वजनिक विदाको दिन समेत राहदानी सेवा प्रदान गर्न लागिएको विभागले जानकारी दिएको छ।
१५ जेठदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।