ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बन्चरेडाँडामा फोहोर बिसर्जनका लागि गएका गाडीलाई स्थानीयद्धारा अवरोध

काठमाडौं,जेठ १२।बन्चरेडाँडामा फोहोर बिसर्जनका लागि गएका गाडीलाई स्थानीयबासीले अवरोध गरेका छन्।ठाउँ-ठाउँमा स्थानीयहरु जम्मा भएर बल प्रयोग गर्दै फोहोर बिसर्जन भइरहेको भन्दै कतै ढुंगाहरु राखेर अवरोध गरेका छन् भने कतै तगाराहरु राखेका छन्।धादिङको धुनिबेसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका स्थानीयबासी र जनप्रतिनिधिहरूले बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा बिसर्जन गर्न नदिने अडान राख्दै आएका छन्।

शहरी विकास मनत्रालयका एक अधिकारीहरुका अनुसार मुड्खु,सिसडोल र बन्चरेडाँडासहित विभिन्न ठाउँमा फोहोर फाल्न गाएका गाडी सडकमै रोकिएका छन्।काठमाडौंमा बिहीबार काठमाडौं महानगरपालिकाको मत परिणाम घोषणा भएकाले पर्याप्त संख्यामा प्रहरी बल साइटमा लगिएको छैन।त्यसैकारण अवरोध हटाउन समस्या परेको मन्त्रालयले जानकारी दिएको छ।

स्थानीय क्षेत्रमा बासिन्दालाई उचित क्षतिपूर्ति,मुआब्जा र विभिन्न पूर्वाधारहरुको सुनिश्चितता नगरेसम्म दीर्घकालीन रुपमै फोहोर व्यवस्थापन गर्न नदिने स्थानीयको अडान छ।मंगलबार विहानदेखि बन्चरे डाँडामा बनिरहेको डम्पिङ साइटको सेल-१ मा फोहोर बिसर्जन भइरहेको छ।शहरी विकास मन्त्रालयले बनाएको बन्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर बिसर्जन सुरु भएपछि स्थानीयबासी आन्दोलित भएका हुन्।

स्थानीयले विगतबाटै विभिन्न माग राखेर बन्चरेडाँडामा हालकै अवस्थामा फोहोर बिसर्जन गर्न नदिने अडान राख्दै आएका थिए।तर सोमबार गृहमन्त्रालयमा बसेको सरोकारवालाको बैठकले बल प्रयोग गरेर भए पनि बन्चरेडाँडामा फोहोर बिसर्जन गर्ने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *