ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जुम्लामा ५ पालिका काँग्रेसको भयो २ माओवादी १ स्वतन्त्र एमाले शून्य

जुम्ला,जेठ ५ l जुम्लाको आठवटै स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ।दुई वटा स्थानीय तहमा नेकपा माओवादी केन्द्र र एउटामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसको बगी उम्मेदवार राजुसिंह कठायत निर्वाचित भएका छन्।

चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसको बगी उम्मेदवार राजुसिंह कठायत निर्वाचित भएका छन्।कठायतले दुई हजार चार सय तीन मत प्राप्त गरेका छन्।उपप्रमुखमा नेपाली कांग्रेसकी रामदेवी खड्का निर्वाचित भएकी छन्।

त्यस्तै जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका दानबहादुर बुढा निर्वाचित भएका छन्। उपप्रमुखमा एकीकृत समाजवादीका शान्तिकुमारी मल्ल भण्डारी निर्वाचित भएकी छन्।जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मोतीलाल रोकाया र उपाध्यक्षमा गौरीकला बुढा (कल्पना) निर्वाचित भएका छन।

जुम्लाको तातोपानी गाउँपालिकामा नेपाली कांग्रेसका नन्दप्रसाद चौलागाई निर्वाचित भएका छन्।उपाध्यक्षतर्फ नेकपा माओवादी केन्द्रकी रेवती रावल निर्वाचित भएकी छन्।सिजा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पूर्णप्रसाद धिताल निर्वाचित भएकी छन्।उपाध्यक्षमा माओवादी केन्द्रकै शितली रोकाया एक हजार ९५६ मतले निर्वाचित भइन्।

जुम्लाको पातारासी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहरा निर्वाचित भएका छन्।त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका जुनमाया रोकाया निर्वाचित भएकी छन्।जुम्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अध्यक्ष दामोदर आचार्य विजयी भएका छन्।उपाध्यक्षमा नेपाली कांग्रेसकै प्रेमकली बुढा बिजयी भएकी हुन।

त्यस्तै हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मणबहादुर शाही विजयी भएका छन्।नेकपा माओवादी केन्द्रका अमरजंग शाहीलाई पराजित गर्दै लक्ष्मण शाही विजयी भएका हुन।उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी सुर्पना शाही विजयी भएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *