ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

इलामको देउमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा दोश्रो पटक दोहोरिए एमाले नेतृत्तव

ईलाम,जेठ ४ l इलामको देउमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजय हासिल गरेको छ।

नगर प्रमुखमा सूर्य पोख्रेलले ८ हजार ६९५ मत र उपप्रमुखमा पविमाया राई ८ हजार ५६३ मतका साथ दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।यसअघि २०७४ को स्थानीय निर्वाचनमासमेत दुवैजना विजयी भएका थिए।

गठबन्धनको तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका कांग्रेसका होम दुलालले ७ हजार ६२२ मत र उपप्रमुख माओवादी केन्द्रका राम राईले ५ हजार ७६५ मत पाएका छन्।दुलाल र राई यसअघि २०७४ मा नगर प्रमुखका लागि पोख्रेलसँग पराजित बनेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *