ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्याङ्जामा सवारी दुर्घटना १४ जनाको मृत्यु

काठमाडौं,बैशाख ३०।स्याङ्जामा पञ्चमूल अर्खलबमा जिप दुर्घटना हुदाँ जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ,१२ जना घाइते भएका छन्।दुर्घटनामा मृत्यु हुनेहरु वालिङ नगरपालिका- १४ पञ्चमुल अर्खलबासका रहेका छन्।

स्थानीय ६३ वर्षकी माया पुन, ९ वर्षका प्रविण कुँवर,५० वर्षका कुलदीप कुँवर,५० वर्षकी डेम कुमारी कुँवर,८६ की हरिकला कुँवर,५० वर्षकी टेककला कुँवर,२५ वर्षकी जमुना कुँवर,७० वर्षकी भीमकला कुँवरको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए।

मृत्यु हुने अन्यमा ७० वर्षकी मुवाकुमारी कुँवर, ४३ वर्षकी पोटकुमारी कुँवर, ४३ वर्षकी जानुका कुँवर,४२ वर्षकी ज्ञान दली कुँवर,५० वर्षकी मीना कुँवर र फूलदेवी कुँवर रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *