सातामा २ दिन सार्वजनिक विदा दिने निर्णय राजपत्रमा
काठमाडौं,बैशाख २७।सातामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ।
सरकारले जेठ १ देखि बिहान ९:३० बजेबाट अपरान्ह ५:३० बजेसम्म कार्यालय समय तोक्दै सातामा दुई दिने शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
उक्त विदा भने कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९:३० देखि अपरान्ह ४:३० बजेसम्म रहने उल्लेख छ।