ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चुनावी सभामा ब्यस्त अध्यक्ष लिङ्देन, एकै दिन ८ चुनावी सभालाई सम्बोधन

काठमाडौं बैशाख २४ । आसन्न स्थानियतह निर्वाचनका लागि राजनीतिक दलहरुको चुनावी सभा ठाँउ ठाँउमा हुदैं छ । यो पटक जवरजस्त रुपमा अघि बढिरहेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनावी सभालाई सम्बोधन गर्न भ्यान नभ्याइ  छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार काठमाडौं, ललितपुर र काभ्रेको बनेपामा गरी ८ वटा चुनावी सभा गरेको छ । ललितपुरको धापाखेल, लुभु, काभ्रेको बनेपा, काठमाडौंको मूलपानी, गोठाटार, वौद्ध र शंखरापुरमा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएका थिए।

बुधबार राप्रपाले झापामा ६ वटा सभा गरेर अध्यक्ष राजेन्द्र लिङ्देन बिहीबार इलाम पुगेका थिए ।

शुक्रबार काठमाडौंको सभामा सहभागी भएका उनी शनिबार पोखरा र नेपालगञ्जको सभामा सहभागी हुनेछन् । वैशाख २५ गते हेटौंडामा सभा आयोजना गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *