ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एसियाली खेलकुद लागि भारोत्तोलन र कुस्ती खेलाडीको प्रारम्भिक छनोट

काठ्माण्डौ बैशाख १७। एसियाली खेलकुदका लागि भारोत्तोलनबाट समान ८ पुरुष-महिला गरी १६ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको छनोट प्रतियोगिताबाट पुरुष ६१ केजीमा नेपाल आर्मीका तुलाराम महतो, ६७ केजीमा नेपाल प्रहरीका प्रकाश केसी, ७३ केजीमा आर्मीका राजु चौधरी र कञ्चनपुरका अशोकसिंह भण्डारी, ८१ केजीमा कञ्चनपुरका विकास भट्ट, ९६ केजीमा प्रहरीका विशालसिंह विष्ट, १०९ केजीमुनि कञ्चनपुरका सुभाष उपाध्याय तथा १०९ केजीमाथि प्रहरीका सागर भण्डारी छनोट भए ।

नेपाल भारोत्तोलन संघद्वारा आयोजित प्रतियोगिताको महिला ४९ केजीमा प्रहरीकी संगिता राई र आर्मीकी मनीषा रानाभाट, ५५ केजीमा बाँकेकी सन्जु चौधरी, ६४ केजीमा आर्मीकी कमला श्रेष्ठ र आर्मीकै शारदा चौधरी, ७६ केजीमा प्रहरीकी जुनुमाया छन्त्याल, ८७ केजीमुनि प्रहरीकी तारादेवी पुन तथा ८७ केजीमाथि प्रहरीकी विद्या राई छानिए ।

प्रतियोगितामा क्लिन एन्ड जर्क, स्न्याच र कुलमा गरी पुरुष÷महिलामा ७–७ गरी १४ नयाँ राष्ट्रिय कीर्तिमान बने । पुरुषमा विकास भट्टले १, विशालसिंह विष्टले २, सुभाष उपाध्यायले ३ र सागर भण्डारीले १ कीर्तिमान बनाए । महिलामा सन्जु चौधरीले १ तथा तारादेवी पुन र विद्या राईले समान ३ राष्ट्रिय कीर्तिमान रचे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *