ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

श्रींलकामा राष्ट्रपतिको राजिनामा माग गर्दै प्रर्दशनि

काठमाडौ,चैत १८ l श्रीलंंकामा राष्ट्रपतिको राजिनाको माग गर्दै प्रदर्शन चर्किएको छ।गम्भिर आर्थिक संकटका बीच बढ्दो मँहगी,अभाव र चरम लोडसेडिङ भएपछि सर्वसाधारण सडकमा उत्रिएका हुन्।

गएराति राजधानी कोलोम्बोस्थित राष्ट्रपति गोटबया राजपाक्षको निवास अगाडि सयौ प्रदर्शनकारी भेला भएको बताएको छ।राष्ट्रपति राजपाक्षको राजिनामा माग गर्दै निवास अगाडि भेला भएका प्रदर्शनकारीलाई तितरवितर पार्न दंगा प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रयोग गरेको सञ्चार माध्यमले जनाएका छन्।

दक्षिण एसियाली मुलुक श्रीलंका केहि महिना यता गम्भिर आर्थिक संकटमा परेको छ।कोरोना महामारीका कारण पर्यटन क्षेत्र तहसनहस भएपछि आर्थिक संकट सुरु भएको हो।विदेशी मुद्राको सञ्चिति लगभग समाप्त र वैदेशिक ऋणको भार बढेसँगै संकट झन गहिरिएको छ।

इन्धन,ग्यास लगायतका अत्यावश्यक सामाग्री खरिद गर्न सरकार असक्षम भएपछि श्रीलंकामा मँहगी १७ प्रतिसतले वृद्धि भएको छ।भने खाद्यान्नको चरम अभाव भएको छ।दैनिक उपभोग्य वस्तु र तेल किन्न सर्वसाधारण घण्टौ लाइनमा बस्न बाध्य भएका छन भने दैनिक १३ घण्टा लोडसेडिङको मार पनि खेप्नु परेको छ।

यस्तै डलरको सञ्चिति लगभग सकिएसँगै त्यहाँको मुद्रा अवमुल्यन भइरहेको छ।संकट निवारणका लागि राजपाक्ष सरकारले भारत,चीन लगायत अन्तर्राष्ट्रिय समूदायसँग सहयोग मागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *