एमसिसी आइपिएसमा सहभागी गराउने काम ओलीले गरे: अध्यक्ष नेपाल

काठमाडौ,फागुन १७ lनेकपा एकीकृत समाजवादीले एमसीसीमा आइपिएस जोड्ने काम केपी ओलीले गरेको आरोप लगाएको छ।नेकपा एसले एमसिसी सम्बन्धमा उठेका आशंकाहरुको निवारण व्याख्यात्मक घोषणाले गरेको दाबी गरेको समेत गरेको छ।
पत्रकार सम्मेलन गर्दै समाजवादीले एमसिसीबारेका भ्रमहरुलाई ब्याख्यात्मक घोषणाले स्पष्ट पारेकाले एमसीसी अनुमोदनको पक्षमा उभिएको दावी गरेको हो।अध्यक्ष माधवकुमार नेपालले अमेरिकाले एमसीसी सम्झौता इन्डोप्यासिफिक रणनीतिको हिस्सा नभएको स्पष्ट पारेसँगै एमसीसी अनुमोदन गरिएको दावी गरे।
एमालेले एमसीसी सम्झौतालाई आफैले संसदमा अगाडी बढाए पनि तत्कालीन प्रधानमन्त्री ओली र मन्त्रीहरुले यसबारेमा विवाद सिर्जना गरेको आरोप छ।नेपालमा केपी ओली र अमेरिकामा डोनाल्ड ट्रम्पको पालमा इन्डोप्यासेफिक रणनीतिमा मिसाउन खोजिए पनि अमेरिकामा राष्ट्रपति परिवर्तन भएसँगैँ आफूहरुले हटाइएको दाबी गरेका छन् ।


