ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महाशिवरात्री र शिव महिमा परमात्मा शिवको दिव्य जन्मको कहानी

काठमाडौं,फागुन १७ । प्रत्येक वर्ष फागुन कृष्णपक्ष चतुर्दशीका दिनमा मनाईने शिवरात्रि पर्वका अवसरमा नेपालका विभिन्न भुभाग तथा छिमेकी मुलुकहरुबाट दर्शन गर्ने दर्शनार्थीको घुँईचो लागेको छ।

सृष्टिका समस्त मनुष्यात्माका पारलौकिक परमपिता परमात्मा शिवको दिव्य जन्म वा अवतरणको महान् दिन हो शिवरात्रि।कालरात्रि,मोहरात्रि,सुखरात्रि, शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र त्यारका रूपमा शिवरात्रीलाई मान्ने गरिन्छ।फागुन कृष्ण चतुर्दशीका दिन शिवरात्रि नेपालभरि धुमधामसँग मनाइने राष्ट्रिय पर्व समेत हो।निर्जल व्रत,रात्रि जागरण, चार प्रहरको पूजा,शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन गरि शिवरात्रीमा पूजा अर्चनाका साथ महाशिवरात्री मनाईन्छ।

यसै अवसरमा आरध्यदेव भगवान श्री पशुपतिनाथ अर्थात् शिवजीको आरधना गर्दै पशुपतिमा दर्शनार्थीको घुँईचो लागेको छ।नेपाल तथा छिमेकी मुलुक भारतका हिन्दू धर्मावलम्बीहरूको ठूलो संख्याले पशुपतिको दर्शन गर्ने गर्दछन्।यस वर्ष करिब १० लाखले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने अनुमान छ।महाशिवरात्रीमा पशुपतीनाथ दर्शन गर्न लाखौं भक्तजनको घुँईचो लागेको छ।

ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल मानिने यो आराध्यदेव भगवान श्री पशुपतीनाथ यस संसारमा रहेका विभिन्न पवित्र स्थान मध्येको एक हो।पशुपतिनाथमा मुख्य रूपमा शिवजीको पूजा हुने भएकाले शिवरात्रि पर्व विशेष महत्त्वका साथ हरेक वर्ष मनाईन्छ।शिवलाई महादेव, इशान,महेश,हर शंकर,रुद्र,गिरीश गुरु गोरखनाथलाई पनि शिवको रुवरुप नामले पनि पुकार्ने गरिन्छ।

प्रत्येक वर्ष फागुन कृष्णपक्ष चतुर्दशीका दिनमा शिवरात्रि पर्व मनाइन्छ। पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा महाशिवरात्रीमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ।पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा समेत पर्दछ।

धार्मिक हिसाबले सातौ पिठको रूपमा गनिने पाशुपत क्षेत्रमा विष्णु देवी, सरस्वती तथा ईच्छावृषेश्वर महादेव तथा पाप धर्मको परीक्षण गर्ने वागद्वार पनि महादेवस्थानको उत्तरतर्फ दर्शन गर्न पाईन्छ।काठमाडौँ उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थित हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला सङ्ग्रहालय जस्तै देखिन्छ।

शैव,शाक्त,वैष्णव,बौद्ध,जैन सौर,गणपत,नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको हो भने पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल अखाडा पनि रहेका छन्।पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रूपमा रहेको छ।जन्म देखि मृत्यु सम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ।

साधकहरुका लागि भने आज शिव भगवान् पर्वतको रूप धारण गरेर अचल, अमर अनि अजर आशुतोष हुनुभएको दिन हो तसर्थ शिवरात्रिको रातलाई अचल अनि निर्भय रात्रीका रुपमा पनि लिइन्छ।योगी अनि साधकहरुका लागि शिव भगवान् नभईकन एउटा आदि गुरु हुनुहुन्छ।शिव जसले विष पिएर नीलकण्ठ भएर गोसाईंकुण्ड पर्वतमा पुग्नुभयो,शिव तिनै करुणामयी पात्र हुनुहुन्छ जसले पत्नी सतीदेवीको असामयिक मृत्युको वियोगमा पत्नीको मृत शरीरलाई अङ्गालो मारेर अश्रुका धारा बगाउँदै लामो समयसम्म ब्रह्माण्ड यात्रा गर्नुभएको थियो,त्यही यात्राका क्रममा गल्दै गएको सतीदेवीको शरीरका अङ्गहरू जहाँ जहाँ विसर्जन भए त्यहाँ त्यहाँ शक्ति पीठहरूको उत्पत्ति हुँदै गयो l

श्लेष्मान्तक वनजस्तो पवित्र चरनभूमी, कैलाशको शीतल छाया परेको भूमि अनि हिन्दुहरूको आस्थाको भूमि पशुपतीनाथको देश भनेर चिनिने कारणले पनि पशुपति नाथ मन्दिरमा पूजा गर्नका लागि महाशिवरात्रीमा बिहान तीन बजेदेखि नै चारवटै ढोका खुला गरिएको छ।पूजा गर्नेहरुका लागि चार वटा लाइनको व्यवस्था मिलाइएको सहज,छिटो र व्यवस्थित तरिकाले दर्शन गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकाश कोषले बताएको छ।भिडभाड व्यवस्थापनका लागि पुरानो बानेश्वर,चाबहिल,तिलगंगादेखि कालोपुलसम्मको क्षेत्रबाट सवारी साधन प्रवेश निषेध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *