निर्वाचन आयोगले आगामी वैशाख १० गतेसम्म सबै नागरिकहरुलाई खोप लगाउन आग्रह

काठमाडौं फागुन १७ । निर्वाचन आयोगले आगामी वैशाख १० गतेसम्म सबै नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाइसक्न आग्रह गरेको छ।
वैशाख ३० गते हुने निर्वाचनका लागि वैशाख १० गतेसम्म सबै नागरिकलाई खोप लगाइसक्न आयोगले आग्रह गरेको हो। स्थानीय तहको निर्वाचनका लागि पूर्व तयारीमा रहेको आयोगले तयारीका कार्यक्रमहरुमा जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि आग्रह गरेको छ।