ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महाशिवरात्री: निराहार व्रत र ग्यास्टिक समस्या

काठमाडौं फागुन १७ । पछिल्लो समय ग्याष्ट्रिक संबन्धी समस्याबाट पिडित हुनेको संख्या बढ्दै गएको छ । जुनसुकै उमेर समुहमा देखिने यो स्वास्थ्य समस्याप्रति हेलचक्राइ गरिरहे अल्सर हुदै आन्द्राको क्यान्सरसमेत हुन सक्ने विज्ञहरु बताउछन । सन्तुलित खानपान र ब्यवस्थित जीवनशैलीले  ग्याष्ट्रिक लगायत थुप्रै रोगबाट मुक्ति पाइने उनीहरुको भनाइ छ ।

आजभोली ग्यास्ट्रिकको समस्या नभएका ब्यक्ति शायदै भेटिन्छन । असन्तुलित खानपान र अब्यवस्थित जीवनशैलीका कारण जुनसुकै उमेर समुहमा देखिने ग्यास्ट्रिकलाई समयमै पहिचान गरी निर्मुल गर्न सकिएन भने अल्सर हुदै क्यान्सरसम्मको समस्या निम्तिन सक्ने चिकित्सकहरु बताउछन ।

सामान्य अर्थमा ग्यास्ट्रिक भनेको पेटमा ग्याँस भरिनु हो । यसलाई धेरै सामान्य जस्तो ठाने तापनि यसले कालान्तरमा विकराल रुप लिन सक्छ । ग्याष्ट्रिक बढ्दै जाँदा पेटको माथिल्लो भाग पोल्ने,दुख्ने, बान्ता हुने, खाना अरुची हुने,पेट ढुस्स फुलेको वा भरिए जस्तो हुने लगायत समस्या देखिने गर्छ । बढ्दै जाँदा असह्य पेट दुख्ने,दिसा कालो हुने र कहिलेकाही आमाशयमा प्वाल परी त्यसको खराब असरले ज्यानै जान सक्ने चिकित्सकहरु बताउछन् ।

लामो समय भोकै बस्दा पेटमा ग्यास भरिने हुनाले ग्यास्ट्रिकको समस्या भएकाहरुले प्रत्येक दुइ घण्टामा  केहि न केहि खाइरहनुपर्ने चिकित्सकहरु बताउछन । प्रशस्त पानी पिउने,अमिलो पिरो चिल्लोलगायत मद्यपान र धुम्रपानबाट टाढै रहने तथा नियमित ब्यायामले ग्याष्ट्रिकको समस्या हटाउन सकिने उनीहरुको भनाइ छ ।

असन्तुलित खानपान अब्यवस्थित तथा तनावपूर्ण जीवनशैलीका कारण ग्याष्ट्रिक साझा रोगजस्तैं भैरहेको बेला हेलचक्राइ नगर्न चिकित्सकको सुझाव छ । आम बुझाइमा ग्याष्ट्रिक सामान्य रोग जस्तै मानिएपनि जटिल हुदै जादा ज्यानै जानसक्ने जोखिम रहेकोले सतर्कता अपनाउन उनीहरुको आग्रह छ ।

आज महाशिवरात्री पर्व धेरैले वर्त बस्ने गरेको पाइन्छ । व्रतसंगै ग्यास्टीक प्रति सचेत रहन समेत चिकित्सकको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *