ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रुस-युक्रेन वार्ता पछि पनि रुसको आक्रमण जारी, राजधानी किभ रुसी सेनाको निशानामा

एजेन्सी,फागुन १७ । रुस र युक्रेन वार्ता सकिएपनि रुसी सेनाले माइकोलाइभ र न्यू काखोभका बीचको दक्षिणमा पर्ने खेरसन सहरमा आक्रमण सुरु गरेको छ ।’प्रत्यक्षदर्शीहरूका अनुसार दुश्मन एयरपोर्टबाट निकोलाव राजमार्ग र कोल्ड स्टोरेज प्लान्टको नजिकै अगाडि बढिरहेको छ’, युक्रेनको राज्य सेवा विशेष सञ्चार र सूचना संरक्षणले पटेलिग्राम च्यानलमा रिपोर्ट गरेको छ।

यो विचमा वार्ता गरी दुवै पक्ष आआफ्नो राजधानी फर्केर आवश्यक परामर्श गरी दोस्रो चरणको वार्ता गर्ने बताएको बीबीसीले जनाएको छ । रुसका अनुसार दुवै पक्ष वार्ता जारी राख्‍न सहमत भएका छन् ।आगामी केही दिनभित्र फेरि वार्तामा बस्ने सहमति भएको छ । तर पनि रुसको आक्रमण जारी छ ।

छैटौ दिनमा आयपुग्दाँ रुसी सेना राजधानी किभ तर्क अघि बढेको छ । विभिन्न स्याटलाइट दृष्यहरु मार्फत रुसी सेना राजधानी जादै गरेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *