ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महाशिवरात्री र गाँजा, गाँजाको कानुनी बाटो

फोटो : अमृत मचामसीको वालबाट

काठमाडौं फागुन १७ ।  सम्युक्त राष्ट्रसङ्घले सन् १९६१ मा ‘द सिङ्गल कन्भेन्शन अन नार्कोटिक ड्रग्स १९६१’ पारित गर्‍यो। त्यसमा गाँजालाई पनि अफिमजस्तै कडा खालको लागुऔषध मान्दै प्रतिबन्ध लगाउनुपर्ने प्रावधान छ। नेपालले सो अभिसन्धिमा हस्ताक्षर गरेपछि सन् १९७६ मा लागुऔषध नियन्त्रणसम्बन्धी कानुन बनायो।

गाँजाको खेती, भण्डारण, सेवन र बिक्रीवितरणलाई अवैधानिक र दण्डनीय अपराध मानियो। पाँचचोटि संशोधन भइसकेको सो ऐनले २५ बोट गाँजा खेती गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना तोकेको छ। सोभन्दा बढी खेती गर्नेलाई तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना हुन सक्छ। भने  ५० ग्रामसम्म गाँजा राखे तीन महिनासम्म कैद र तीन हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ।

७० को दसकअघि नेपालमा पनि गाजा उत्पादन र खेतीमा कुनै प्रतिबन्ध लागेको थिएन । सन् १९७६ मा सरकारले अमेरिकी दबाबमा गाजाको प्रयोग र उत्पादनमा रोक लगायो । सो समयमा विश्वमा ख्याति कमाएको थियो । अहिले पुन: नेपाली गाजालाई  खुल्ला गर्ने तयारी भइरहेको छ । सरकारले गाँजालाई औषधिमा प्रयोग गर्न दिनेगरी कानुन निर्माणको तयारी थालेको हो । गृह मन्त्रालयले गाँजा तथा गाजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार पारेको छ ।

विधेयकमा गाँजाको उत्पादन, संकलन, विक्रि वितरण र निकासी कसरी गर्ने भन्ने विषयमा समेटिएको छ । त्यो विधेयक कानुन निर्माण भएपछि तत्काल कार्यान्वयनमा ल्याउने तयारी गृहको छ । यो विधेयक कानुन भएर आएपछि लागु औषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्णरूपमा लगाएको बन्देज खुल्नेछ ।लागु औषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्णरूपमा लगाएको बन्देज यो विधेयक कानुन भएर आएपछि खुल्ने र औषधिय प्रयोगका बाटो खुल्ला हुने छ ।

विद्यमान कानुनलाई आधार मानेर नै महाशिवरात्रीमा गाजालाई पूर्णरुपमा रोक लगाइएको छ । त्यसो त पण्डित दीननाथ पोखरेल गाजा र शिवरात्रीको बारेमा यसो भन्छन् :’कृष्ण पक्षको चतुर्दशीमा चन्द्रमाको तेज अति क्षीण हुन्छ भन्ने कुरा विज्ञानले पनि पुष्टि गर्दछ । शिवरात्रि भनेको कृष्ण पक्षको चतुर्दशीकै दिन पर्दछ । यस दिन चन्द्रमाको तेज वा प्रभाव कम हुन्छ । चन्द्रमा भनेको मनको शक्ति हो । चन्द्रमाको तेज वा प्रभाव कम भएको बेला मन विक्षिप्त हुन्छ, त्यो मनलाई ऊर्जा प्रदान गर्न, उत्तेजना पैदा गर्न ‘शिव बुटी’ भनेर गाँजा प्रयोग गर्ने चलन चलेको हो । यो चलन धेरैपछि आएर चलेको हो ।‘

उनी भन्छन् ‘ आफैमा साधनाबाट विषलाई पनि पान गरेर शिवजीले सबै प्राणीको रक्षा गरेको भन्ने प्रसङ्ग पुराणमा उल्लेख छ । त्यसैले शरीरलाई ऊर्जित गर्न भगवान शिवजीले गाँजा, भाङ, धतुरो प्रयोग गर्नुभयो भनेर अर्थ लगाइयो भन्ने मलाई लाग्छ । जुनसूकै शास्त्र पल्टाएर हेरे पनि गाँजाको प्रसङ्ग कतै उल्लेख छैन ।‘

महाशिवरात्रीमा पशुपतिनाथ मन्दिर आउने बाबाहरुले भने गाजा सेवन गर्ने गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *