महाशिवारात्री: पशुपतिनाथ जान कुन बाटो प्रयोग गर्दै हुनुहुन्छ र कहाँ सवारी पार्किङ गर्नु हुन्छ ?

काठमाडौं फागुन १७ । पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको घुइचवलाई मध्यनजर गरि सहज आवतजावतको प्रबन्ध मिलाएको छ ।
नियमित दिनझै चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्बाध रुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइए पनि र भक्तजनहरुको घुइचो अत्याधिक भई सवारी संचालनमा समस्या हुने अबस्था देखिएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई बैकल्पिक मार्गबाट संचालनको समेत ट्राफिक प्रहरीले गरेको छ । यस्तो अवस्थामा मित्रपार्क-गौशाला-तिलगंगा क्षेत्रमा सवारी आवागमन निषेध गरि बैकल्पिक मार्गबाट सवारी संचालनको व्यवस्था गराइएको छ ।
गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न सक्ने अबस्था नभएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा चल्ने सवारीलाई बैकल्पिक मार्गको रुपमा प्रयोग गर्न सकिने छ ।
तिनकुनेबाट सिनामंगल तिलगंगातर्फ, चाबहिलबाट गौशालातर्फ र बागमति करिडोरबाट गौरिघाट र तिलगंगा क्षेत्र भई चल्ने मालबाहक सवारी साधनहरुलाई सो खण्डमा निषेध गरि डाईभर्सनको प्रबन्ध मिलाइएको छ । शिबरात्री पर्व अबधीभरको ट्राफिक व्यवस्थापनलाई व्यबस्थित एव प्रभावकारी बनाउनको लागी करिब नौ सय ट्राफिक प्रहरी परिचालन हुने छन् ।
त्यस्तै सवारी साधनहरुलाई सिफल चौर, गौरीघाट करिडोर, गुह्हेश्वरी, तिलगंगाको पार्किङ्ग र तिलगंगा करिडोरमा पार्किङ्गको व्यवस्था मिलाएको छ । यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालय भित्र कोष तथा पासबाहक सवारी साधन, गौशाला प्रहरी कार्यालय भित्र सुरक्षा निकाय तथा पासवाहक सरकारी सवारी साधन र बनकाली क्षेत्रमा अन्य अत्याबश्यक प्रयोजनका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाएको छ ।
