ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महाशिवरात्री: बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खुल्ला

काठमाडौं,फागुन १७ । महाशिवरात्रीको अवसरमा पशुपति मन्दिर दर्शन गर्न आउने भक्त जनलाई लक्ष्ति गरी विहान ३ बजेबाट नै पशुपतिनाथ मन्दिरका ४ वटै ढवका खुल्ला गरिएको छ ।

गत बर्षको तुलनामा यो बर्ष पशुपति क्षेत्रलाई विशेष सजिसजाउ गरिएको छ । गत बर्ष सम्म शिवरात्रीको समयमा मात्र सजिएपनि यो बर्षबाट पशुपति क्षेत्रमा भगवानका विभिन्न चित्रहरु कुदिएको छ । जस्का कारण पनिय यो बर्ष उक्त क्षेत्र रमणिय समेत बनेको छ ।

करिव १० लाख भक्तहरुले आज पशुपतिनाथको दर्शन गर्ने अनुमान सहित पशुपति क्षेत्रविकास कोषले दशर्नका लागि विभिन्न पाँचवटा लाईन निर्माण गरेको छ ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक–एक लाम गरी बाहिरीरूपमा दर्शन गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *