ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज महाशिवरात्री, शिवको पुजा आरधना गरे यमलोक जानु नपर्ने धार्मिक विश्वास

काठमाडौं फागुन १७ । हिन्दु धार्मिक मान्यता अनुसार विभिन्न चार रात्रीको विशेष महत्व रहेको छ । धर्म स्थापना हेतु भगवानले विभिन्न रुप धारण गरेको अवथा दैत्य माथी विजय गरेको संझनामा यि रात्रीहरु मनाउने गरीन्छ ।

कालरात्री– (महाअष्टमीको रात्री), मोहरात्री– (कृष्ण जन्माष्टमीको रात्री) ,महाशिवरात्री– (शिवरात्री) , दारुणरात्री– (होली पूर्णिमाको रात्री)

आज फागुन  कृष्ण चतुर्दशी अर्थात महाशिवरात्री आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरिने दिन । ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास छ ।

दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा समेत पूर्विय दर्शनमा व्याख्या गरेको पाइन्छ । शिवकझ पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । भक्तजनले शुद्ध भई शिवमन्दिरमा आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *