ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमसिसी अनुमोदनमा एमालेको पनि सहभागि भयो : प्रवक्ता महत

काठमाडौं फागुन १६ । अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट अनुमोदन भएसंगै यसमा देखिएका भ्रमाको निवारण भएको कांग्रेसले निस्कर्ष निकालेको छ ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने ‘एमसीसीको सन्दर्भमा भ्रम निवारण संसदमार्फत गरिएको छ । भ्रम र अन्योल हटेको छ । केही भ्रम रहेको भए त्यसलाई चिर्न कांग्रेस लागिरहन्छ ।  बुझाइमा समस्या रहे हामी बुझाउँछौं’

उनले एमिससी अनुमोदनमा प्रतिपक्षी एमालेको पनि सहभागि भएको कांग्रेसले निस्कर्ष निकालेको जनाएका छन् । उनले भने – ‘औपचारिक सहभागिता नभए पनि एमाले सहभागी भएको बुझेका छौं । पार्टी सभापतिको सुझबुझ, धैर्यताका कारण अनुमोदन सम्भव भएको छ’

एमसीसीमा नेपालको संसदले गरेको घोषणालाई अमेरिकाले पनि स्वीकार गरेको बताएका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *