संसद भवन अगाडी राखिएको शंकास्पद बस्तु नेपाली सेना द्वारा निस्कृय

काठमाडौं फागुन १६ । नयाँ बानेश्वरस्थित संसद भवनको दक्षिण गेट अगाडिको मुख्य सडकमा सोमबार फेला पारेको शंकास्पद वस्तु फेला नेपाली सेनाले निस्कृय पारेको छ ।
६ वटा कम्युनिष्ट संगठन तथा २ मोर्चाले सोमबार नेपाल बन्द भन्दै विभिन्न ठाउँमा तोडफोड समेत गरिरहेको समयमा नो एमसीसी लेखिएको प्रेसर कुकर मुख्य सडकमा भेटिएको थियो ।
शंकास्पद प्रेसर कुकुर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्नु भर्दाँ पहिला केही समय बानेश्वर क्षेत्रमा आवतजावत रोकिएको थियो ।
बम डिस्पोज गरेसंगै अवस्था सामान्य तर्फ फर्किएको छ ।