ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमसिसी पारित गरेपछि गठवन्धनबाट बाहिरियो जनमोर्चा

काठमाडौं फागुन १६ । सरकारले अमेरिकी सहयोग परियोजना संसदले पारित गरेसंगै राष्ट्रिय जनमोर्चाले गठवन्धनबाट अलग हुने घोषणा गरेको छ । राष्ट्रिय जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो ।

सचिवालय बैठक पछि अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ती जारी गर्दैं अधिकांश जनता एमसीसीको विपक्षमा सडकमा हुँदाहुँदै जनतालाई झालझेल पारेर एमसीसी पास गर्नु राष्ट्रलाई दीर्घकालिन र गम्भीर क्षति पुग्ने भन्दै गठनबन्धन त्यागेको राष्ट्रिय जनमोर्चाले जनाएको हो ।

‘हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसद‍्द्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरूको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताकोविरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ ।’  विज्ञप्तीमा भनिएको छ ।

गठवन्धन भित्र माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले ब्याख्यात्मक रुपमा पास गरेपनि जनमोर्चा भने त्यसबाट असन्तुष्ट बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *