ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमसिसी पारित भएसंगै मुलुक संकटबाट बच्यो: प्रचण्ड

काठमाडौं फागुन १६ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएसंगै मुलुक संकटबाट बचेको बताएका छन् ।

अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट ब्याख्यात्मक रुपमा पासभएपछि सोमबार पत्रकार सम्मेलन गरी प्रचण्डले राष्ट्र संकटबाट मुक्त भएको भन्दै खुशी ब्यक्त गरेका छन् ।

उनको भनाई छ- ‘हिजो पास भएपछि म निकै खुसी छु, देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ।’

उनले एमसिसी ब्याख्यात्मक रुपमा अघि बढाएपछि अमेरिकाले त्यसलाई स्विकार गर्ने नभए एमसिसी खारेज हुनु पर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *