ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एशियन युथ तथा जुनियर बक्सिङमा तीन खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौ,फागुन १५ l जोर्डनको अम्मानमा आयोजना हुने एशियन युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले भाग लिने भएका छन् ।

यही फागुन १६ देखि चैत १ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा नेपालका इन्द्र सुनार,छिरिङ वाङ्दी शेर्पा र स्वस्तिका तिरुवाले प्रतिस्पर्धा गर्ने भएका हुन।इन्द्रले पुरुष ६० केजी, छिरिङले पुरुष ५४ केजी तथा स्वस्तिकाले महिला ५२ केजीमा प्रतिस्पर्धा गर्नेछन्।नेपाली टोलीको मुख्य प्रशिक्षकमा दीपक महर्जन रहेका छन्।
    
उक्त प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङग गहतराज,मन्त्रालयका सचिव डा दामोदर रेग्मी, बक्सिङ संघका अध्यक्ष राम अवाले लगायतले बिदाइ गरेका छन् l(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *