एमसीसीविरुद्धको प्रदर्शनका कारण नयाँ बानेश्वरमा ढुङ्गा मुडा प्रहार प्रदर्शनकारी घाईते

काठमाडौं,फागुन १५।अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्धको प्रदर्शनका कारण नयाँ बानेश्वरमा ढुङ्गा मुडा प्रहार भएको छ।
माओवादी केन्द्र,एकीकृत समाजवादी,विप्लव नेतृत्वको नेकपा,राप्रपाका कार्यकर्ताहरु उत्रिएपछि नयाँबानेश्वरस्थित संसद भवन बाहिर शान्तिपूर्ण रुपमा भएको प्रदर्शनले उग्र रुप लिएपछी केहि प्रदर्शनकारी घाईते समेत भएका छन्।बानेश्वर स्थित सामान्य रुपमा चहलपहल गर्न समेत सर्वसाधरणलाई कठिन भएको छ।
प्रदर्शनकारीहरुले पैदल हिड्ने वृद्ध-वृद्धा,स्कुल-कलेजका विद्यार्थी र सर्वसाधारणहरुलाई थोरै ठाउँ राखिदिएका छन्।एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा हाल एमसीसीको विरोधमा दैनिकजसो प्रदर्शन हुँदै आएको छ।