ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अभिनेता पल शाहले प्रहरी सामु आफूलाई उपस्थित गराए

काठमाडौं,फागुन १५।बलात्कार आरोप लागेका अभिनेता पल शाहले प्रहरी सामु आफूलाई उपस्थित गराएका छन्।शाहलाई नियन्त्रणमा लिइएको तनहुँ प्रहरी कार्यालयले जानकारी दिएको छ।

यसअघि उनले आज बिहान फेसबुकमार्फत् आफू प्रहरीकोमा आत्मसमर्पण गर्ने जानकारी दिएका थिए । शाहलाई खोज्न देशभरका प्रहरी युनिटलाई प्रहरीले सर्कुलर गरेको थियो

नाबालिका गायिकाले शाहविरूद्ध गत बबुधबार तनहुँ प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएकी थिइन्। पल शाहले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी गायीकाको जाहेरी दर्तापछि शाहविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो।

यो बीच दुबै बसेर गरेको कुराकानीको अडिओ विभिन्न सामाजिक सञ्जालमा आइसकेको छ।उक्त अडिओमा पलले आफूहरूबीच शारिरिक सम्बन्ध भएको स्विकारेका छन्।भने पलविरुद्ध भएको सडयन्त्रबाजीको भिडियोहरु पनि सामाजिक सन्जालमा भाईरल बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *