एमसिसीको व्याख्यात्मक टिप्पणी प्रतिनिधि सभाबाट पास गरेर अमेरिका पठाउने तयारी

काठमाडौं,फागुन १५।अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को व्याख्यात्मक टिप्पणी प्रतिनिधि सभाबाट पास गरेर अमेरिका पठाउने तयारी सरकारले गरिरहेको छ।
मन्त्रिपरिषद्ले व्याख्यात्मक टिप्पणी पास गरेर पठाएपछि त्यसलाई सम्झौताको पूरक प्रस्तावको रूपमा प्रतिनिधि सभामा टेबल गरिनेछ। मन्त्रिपरिषदबाट स्वीकृत भएर आएको अवस्थामा त्यसलाई पूरक प्रस्तावका रूपमा प्रतिनिधि सभामा छलफल गराइनेछ।प्रतिनिधि सभाबाट एमसिसी सम्झौता र व्याख्यात्मक टिप्पणी दुबै एकसाथ पारित गर्ने सरकारको तयारी छ।
पारित गरेपछि दुबैको जानकारी सम्बन्धित देशलाई परराष्ट्र मन्त्रालयमार्फत् पठाइनेछ।व्याख्यात्मक टिप्पणी कुनै कानूनी व्यवस्था नभए पनि यसरी पठाइएको व्याख्या कार्यान्वयनमा आउन सक्ने बताए।