महाशिवरात्री तयारी पशुपतिमा कोरियो शिव पार्वतीका तस्बिर

काठमाडौं,फागुन १५ । यही फागुन १७ गते परेको महाशिवारात्रीको लागि भनेर अहिले पशुपति क्षेत्रमा प्रवेशद्वार निर्माण देखि भित्तामा शिव पार्वती नन्दीको चित्रहरु कोरिएको छ।पशुपति क्षेत्रका खाली भित्तामा भगवान शिव र पार्वतीका चित्रलेखन भने कोषकै खर्चमा भइरहेको छ।

मन्दिरको मुख्य क्षेत्रलाई फूलले सजाउने काम पनि पाशुपत क्षेत्रमा सुरु हुन थालेको छ।बिजुली बत्ती र फूलले सजाउन दाताले करिब ५० लाखबराबराको सहयोग गरेका छन्।यस्तै,विभिन्न स्थानमा बिजुली बत्तीले झिलीमिली बनाउने क्रम पनि सुरु भइसकेको छ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको निर्देशनमा पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्रलेखनले पशुपतिनाथको दर्शन गर्न जाने दर्शनार्थीले थप रम्न पाउने छन्।हाल नेपालका विभिन्न स्थान तथा छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी तथा बाबाहरुको उपस्थिति पनि बाक्लिन थालेको छ।

विभिन्न दाताहरुले आफैँ कामदार लगाएर बिजुली बत्ती र फूलले सजाउने काम गरिरहेका छन्।यसका लागि कोषले समन्वय र सहजीकरण मात्र गरेको छ।महाशिवरात्रिका लागि आएका साधुसन्तले पशुपति क्षेत्रका कुना कुनामा भीड बढेको छ।हरेक वर्ष पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीको समयमा लाखौं दर्शनार्थीको घुँईचो लाग्ने गर्दछ।
