ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसदमा एमसिसी छलफल हुने कार्यसुची सडकमा प्रदर्शन जारी

काठमाडौं फागुन १५ । लामो विवाद र विरोधका विच अमेरिकी सहयोग परियोजना एमसिसी आज संसदमा बैठकमा छलफलका लागि समय निर्धारण गरिएको छ ।  संसद सचिवालयको प्रारम्भिक कार्यसुचीमा एमसिसीलाई छलफलका लागि समय निर्धारण गरेको छ । त्यो भन्दाँ पहिला  कार्यव्यवस्था तथा परामर्स समितिको बैठकमा समेत छलफल हुने छ ।  

गठवन्धन भित्र नै चर्को विरोधका विच सरकारले एमसिसी टेवल गरेको थियो । उता एमालेको अवरोध कायम छ भने सडकमा समेत आन्दोलन जारी छ ।

प्रतिपक्षी दल एमाले भने एमसिसीका प्रकृयामा सहभागि नहुने जनाउदैं आएको छ । आफुहरुसंग सल्लाह नै नगरी अघि बढाउन खोजेको उस्ले आरोप लगाएको छ । त्यस्तै समाजवादीका १४ सांसदलाई कारवाहीको माग गर्दैं संसद अवरोध गर्दै आएको एमालेले त्यसलाई पनि निरन्तरता दिने जनाएको छ ।

यो विचमा कांग्रेसले गठवन्धन भित्रमात्र नभइ प्रतिपक्षीसंग समेत छलफल गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *