ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

यूक्रेनले खोज्यो सुरक्षा परिषदमा भारतको साथ

काठमाडौं,फागुन १४ । रुसले यूक्रेनमा सैन्य आक्रमण गरेपछि यूक्रेनका राष्ट्रपति व्लोदिमीर जेलेनेस्कीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफुहरुलाई समर्थन गर्न आग्रह गरेका छन् ।

राष्ट्रपति जेलेनेस्कीले फोनमार्फत आफुलाई समर्थन गर्न आग्रह गरेको ट्विटर मार्फत जानकारी दिएका छन् ।

उनले सुरक्षा परिषदमा राजनीतिक समर्थन गर्न आग्रह गरेको जनाएका छन् । यस अघि बिहिबार भारतीय प्रधानमन्त्री र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग समेत फोन वार्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *