ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर २७५ जनामा संक्रमण पुष्टि,१ जनाको मृत्यु

काठमाडौ,फागुन १३ l स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ८ हजार ६ सय २८ वटा नमूना परीक्षण गर्दा काठमाडौं उपत्यकामा ५४ जना सहित देशभर २ सय ७५ जनामा संक्रमण पुष्टि भएको छ।त्यस्तै कोरोनाका कारण थप १ जनाले ज्यान गुमाएका छन्।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ११ हजार ९ सय ३२ जना रहेका छन्।हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संखया १ दशमलव ३ रहेको छ।

मन्त्रालयका अनुशार पछिल्लो चौबीस घण्टामा ५ सय ५५ थपिएर हालसम्म निको हुने संख्या ९ लाख ५५ हजार ४ सय ५८ पुगेको छ।कूल संक्रमितमध्ये निको हुने दर ९७ दशमलब ८ प्रतिशत हो।

देशभर संक्रिय संक्रमित संख्या ९ हजार २ सय ८०जना रहेका छन्।भने क्वारेन्टिनमा १ सय ६ जना रहेका छन्।देशभर आइसियुमा ९२ र भेन्टिलेटरमा १५जना उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *