ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना विरुद्धको खोप खरिदका लागि विश्व बैंकले नेपाललाई २ अर्ब ऋण दिने

काठ्माण्डौ फागुण १३। विश्व बैंकले कोरोना महामारी नियन्त्रण गर्न नेपाललाई १ करोड ८० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने भएको छ ।नेपाल र विश्व बैंकबीच आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौतामा पत्रमा नेपालको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकको तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाको लागि विश्व बैंकका कन्ट्री डिरेक्टर फारिस हाड्याड–जेरभोसले हस्ताक्षर गरेका थिए ।

उक्त सहयोग पाँच वर्षभन्दा माथिका बालबालिकालाई लगाइने खोप खरिद्मा खर्च गरिने अर्थ मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *