ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नयाँ समिकरणको कसरत, १४ सांसद कारवाहीको मुद्धा बेजोड बन्दैं

काठमाडौं, फागुन १४ ।  एमसिसी परियोजनाका पास गर्ने विषयमा सत्ता गठवन्धनको ठूलो दल नेपाली कांग्रेसले गठवन्धन र एमाले दुवैलाई संगसंगै विकल्पको रुपमा अघि बढेको छ । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठवन्धन भित्र र प्रतिपक्षी एमाले दुवैसंग छलफललाई तिव्र बनाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदबाट एमसीसी पारित गर्ने हो भने सरकारमा नरहने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएपछि गठबन्धन टुट्ने अवस्थामा पुगेको हो । बिहीबारको भेटमा प्रधानमन्त्रीलाई आफूले एमसीसी अनुमोदन भए सरकारबाट बाहिरिने बताएको प्रचण्डले ब्रिफिङ गरेका छन् ।

माओवादीले सरकार छाड्ने भने लगत्तै प्रधानमन्त्री देउवाले प्रतिपक्षी एमालेसंग छलफल गरेका थिए । एमालेले १४ सांसदको कारवाहीको माग पुरा भए सरकारलाई सघाउन सकिने बताएको थियो । यो विचमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालको भेटमा समेत ओलीले १४ सांसदको कारवाहीको प्रस्ताव यथावत राखेका थिए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *