राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट

काठमाडौं, फागुन १२ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार आज ३ बजे क्यापिटलको कार्यालय, लाजिम्पाट, काठमाडौँमा आईपीओ बाँडफाँट सम्पन्न भएको हो । आईपीओ बाँडफाँट गर्दा लक्की नम्बर ६ परेको छ ।
लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म २५ लाख ८५ हजार २ सय ६१ जना आवेदन परेको थियो । क्यापिटलका अनुसार ५ हजार ८ सय ५९ जनाको आवेदन रद्द भएको छ । भने २५ लाख ७९ हजार ४०२ जना आवेदकको २ करोड ९३ लाख ९७ हजार ६८० कित्ता शेयर मात्रै योग्य रहेको छ ।
लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । गोलाप्रथा विधिबाट बाँडफाँट गर्दा ४९ हजार ४ सय ५० जनाले मात्रै लघुवित्तको १० कित्ता शेयर पाउने छन् । बाँकी आवेदनकको हात रित्तो भएको छ ।