ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसदमा टेवल भएको एमसिसीको भविस्य

काठमाडौं फागुन ११ । संघीय संसद सचिवालयले बिहीबार बस्‍ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।सो कार्यसूची अनुसार बिहीबारको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश हुने उल्लेख छ । आइतबार विरोधका विच सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले एमसिसी परियोजना संसदमा टेवल गराउनु भएको थियो ।

अर्थमन्त्री जनार्दन शर्मा संसदमा अनुपस्थित भएपछि कार्कीले टेवल गराउनु भएको हो । संसदमा टेवल गराएसंगै एमसिसी पास गराउन कांग्रेस सक्रिय बनेको छ । कांग्रेस नेता समेत रहेका सरकारका प्रवक्ता कार्कीले राजनीतिक भेटघाटलाई बाक्लो बनाउनु भएको छ । एमसिसीका विषयमा गठवधन भित्र फरक फरक मत छ । नेपाली कांग्रेस जसरी भएपनि एमसिसी पारित गराउने पक्षमा छ भने माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी र नेमकिपा एमसिसीको विरोधमा छन् । अझ समाजवादीले प्रधानमन्त्री देउवाले अमेरिकाको दबाबलाई झेल्न नसकेर एमसीसी संसदमा पेश गरेको बताएको छ । उस्ले एमसिसीका शर्तहरु अनावश्यक र आपत्तिजनक भएको भन्दैं पास गर्न नसकिने नेकपा एकिकृत समावजादीका वरिष्ठ नेता झलनाथ खनालको भनाई छ उता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसीबारे निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । लोसपा संसदीय दलको बुधबार बसेको बैठकमा अनुमोदनका लागि संसदमा टेबल भएको एमसीसीबारे छलफल भएको थियो ।

उता नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारमा सहभागि दल र नेताहरुले दोहोरो चरित्र देखाउँदा एमसीसी परियोजना विवादित बन्दै गएको आरोप लगाउनु भएको छ । सरकारमा रहेकाहरुले नै भित्र बसेर एमसिसी परियोजनाको प्रस्ताव संसदमा टेबुल गर्ने विषयमा सहमती गर्ने र बाहिर जनताका बीचमा भ्रम सिर्जना गरेर जनतालाई विभाजित गर्ने काम गरेको आरोप छ ।

सरकारले एमसिसी पासका लागि प्रतिपक्षी एमालेका नेतासंग समेत छलफलाई तिव्रता दिएको छ । गठवनध्न भित्र एमसिसीको विषयलाई लिएर भएको किचलो र प्रतिपक्षी एमालेले १४ जना सांसदलाई कारवाही नगरेसम्म एमसिसीको विषयमा कुनै धारणा नदिने बताइरहदाँ एमसिसी कसरी अघि बढ्छ चौतर्फि चासो बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *