देशभर ३१२ जनामा संक्रमण पुष्टि,२ जनाको मृत्यु

काठ्माण्डौ फागुण ११। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट हजार सय नमूना परीक्षण गर्दा काठमाडौं उपत्यकामा ८७ जना सहित देशभर ३ सय १२ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै कोरोनाका कारण थप २ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ११ हजार ९ सय ३० जना रहेका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ दशमलव ३ रहेको छ । मन्त्रालयका अनुशार पछिल्लो चौबीस घण्टामा ९ सय ११ थपिएर हालसम्म निको हुने संख्या ९ लाख ५४ हजार ३ सय ४१ पुगेको छ । कूल संक्रमितमध्ये निको हुने दर ९७ दशमलब ८ प्रतिशत हो ।
देशभर संक्रिय संक्रमित संख्या १० हजार ९० जना रहेका छन् । भने क्वारेन्टिनमा १ सय ७ जना रहेका छन् । देशभर आइसियुमा १ सय ५ र भेन्टिलेटरमा १९ जना उपचाररत छन् ।