ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मुलुक सङ्गिन मोडमा उभिएको छ : महासचिव पोख्रेल


देउखुरी,फागुन ११ l नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले एमसीसी परियोजनाका बारेमा सरकारभित्रै दोहोरो चरित्र देखाउने काम भएको बताएका छन्।दाङको लमहीमा आयोजित पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा उनले पाँच दलीय गठबन्धन सरकारको दोहोरो भूमिकाको विरोधमा एमाले रहेको बताए।

“सरकार एउटा दृष्टिकोण बोकेको हुनुपर्ने हो।प्रधानमन्त्रीय प्रणालीमा सरकारले दुईवटा कुरा बोक्ने कुरा स्वीकार्य हुँदैन”,उनले भने,“पहिला सरकारको दृष्टिकोण के हो रु सरकारले दुईटा कुरा गर्न मिल्दैन।”एमसीसीका नाममा मुलुकमा एक प्रकारको उपद्रो मच्चाउने काम भइरहेको टिप्पणी गदै उनले एमसीसीको मस्यौदा पुष्पकमल दाहाल‘प्रचण्ड’प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री भएको बेलामा तयार पारिएको बताए। “प्रधानमन्त्री शेरबहादुर देउवासँग बसेर एमसीसी कसरी पास गर्ने भनेर उहाँहरु छलफल गर्नुहुन्छ,बैठक गर्नुहुन्छ तर,अहिले एमसीसीविरोधी भएको देखाउन नाटक गरिरहनुभएको छ”,उनले भने। 

मुलुक सङ्गिन मोडमा उभिएको टिप्पणी गर्दै महासचिव पोख्रेलले पाँच दलीय गठबन्धन बनाएर एमाले पार्टी नेतृत्व र पार्टीका विरुद्ध आक्रमण र घेराबन्दी गर्ने काम भइरहेको बताए।“हामी जनताको साथमा त्यस प्रकारको घेराबन्दीलाई सामना गर्दै पार्टीलाई मुलुकको सबैभन्दा ठूलो शक्तिका रूपमा स्थापित गर्ने सङ्कल्प र अठोटका साथ निरन्तररूपमा अघि बढेका छौँ”,उले भने।

कार्यक्रममा ५१० व्यक्ति एमालेमा प्रवेश गरेका छन्। राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र,नेपाली कांग्रेस,एकीकृत समाजवादीलगायतका पार्टी परित्याग गरी गढवा गाउँपालिकाबाट २७५,राप्ती गाउँपालिकाबाट ७५,राजपुर गाउँपालिकाबाट १०५, लमही नगरपालिकाबाट ५५ जना एमालेमा प्रवेश गरेका हुन्।पार्टी महासचिव पोख्रेलले उनीहरूलाई पार्टी प्रवेश गराए।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *