ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मतदानको बेला पेट दुख्यो भनेर घर बस्ने, तर अर्को दिन ठीक भयो गठबन्धनमा फर्किएँ भनेर बस्न सुहाउदैन – महामन्त्री थापा

चीतवन फागुन १० । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले एमसिसीको विपक्षमा मतदान नगर्ने विश्वास व्यक्त गरेका छन् ।

चीतवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दैं थापाले सरकारमा बसेर सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्न नसक्ने प्रष्ट पारेका हुन् । उनले  मतदानको बेला पेट दुख्यो भनेर घर बस्ने, तर अर्को दिन ठीक भयो गठबन्धनमा फर्किएँ भनेर बस्न नसुहाउने दावी गरे ।

यदी उनीहरुले एमसीसीको पक्षमा मतदान नगरे नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार छाड्नुपर्ने बताएका छन् ।एमसीसी सम्झौताको विपक्षमा मतदान गरे गठबन्धनको औचित्य त्यही दिन सकिने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *