एमसिसी विरुधको मुद्धा सर्वोच्चमा दरपिठ

काठमाडौं फागुन १० । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गरेको विरुद्ध परेको रिट दर्ता गर्न अस्विकार गरेको छ ।
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले पेश गरेको रिट सर्वोच्च अदालतले दरपिठ गरेको हो । सर्वोच्च अदालका रजिस्ट्रार नारायण पन्थीले अदालतमा दर्ता हुन आएको मुद्दा दर्ता हुन नसक्नेकारण खुलाउदैं रिट दरपिठ गरेका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले एमसीसी संसदमा पेश भइसकेका कारण संसदको विशेषाधिकारमा पर्ने हुनाले दरपीठ गरिएको जानकारी दिए ।