मध्यपश्चिम विश्वविद्यालयले दियो विद्यावारिधिको पहिलो उपाधि

सुर्खेत, फागुन १० । स्थापनाको ११ बर्ष पछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट एक जनाले विद्यावारिधि पुरा गरेका छन् ।
२०६७ सालमा स्थापना भएको विश्वविद्यालयले २०७५ सालमा विद्यावारिधिका लागि भर्ना आह्वान गरेको थियो । जस्मा व्यवस्थापन संकायअन्तर्गत सञ्चालित विद्यावारिधि कार्यक्रममा पूर्णमान श्रेष्ठले पहिलो विद्यावारिधि पुरा गरेका हुन ।
श्रेष्ठले ‘नेपाली कम्पनीको शेयरको प्रतिफलमा फर्मको विशेषता र म्याक्रो इकोनोमिक चरहरुको प्रभाव’ विषयमा शोधपत्र तयार पारेका थिए ।