विश्वकप छनौटका लागि नेपाल र युएई भिड्दैं

काठमाडौं फागुन १० । लगातार ३ खेलमा जित हासिल गरेको नेपालल आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसंग खेल्दैं छ ।
ओमानको अल अमेरातमा ३:४५ बजे सुरु हुने पहिलो सेमीफाइनलमा युएईलाई हराए नेपाल फाइनलमा प्रवेशमात्र गर्ने छैन विश्वकपका लागि छनौट हुने छ।
फाइनल पुग्ने टोली अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा छनोट हुनेछन् ।
छनोटको समूह ‘बी’ को नेपाल समूह विजेता बनेर सेमिफाइनल पुगेको हो । नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोडेको थियो । युएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।